Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कर्जालाई नियन्त्रणगर्दै सरकारी खर्च पर्खने रणनीतिमा बैंकहरु

२०७५ फाल्गुन २६ गते

बैंकिङ खबर । सरकारले अर्धवार्षिक समिक्षा गर्दै चालु आर्थिक वर्षको अन्त्य सम्ममा विकास खर्च ८४ दशमलव ५ प्रतिशत मात्र हुने बताएको छ । ६ महिना सम्ममा यस्तो खर्च निकै निराशाजनक छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको ६ महिनाको बजेट समिक्षामा जम्मा ५५ अर्ब ४२ करोड मात्र पूँजीगत खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षको अन्त्य सम्ममा कुल बजेटको ९१ दशमलव २ प्रतिशत अर्थात ११ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । यस मध्ये चालु तर्फ ७ खर्ब ९८ अर्ब ४४ करोड अर्थात ९४ दशमलव ४४ प्रतिशत र पूँजीगत तर्फ २ खर्ब ६५ अर्ब खर्च गर्ने अनुमान गरेको छ ।

तर समयमा बजेट खर्च हुने स्थिति नआएपछि बैंक तथा वित्तीय संस्थाहरुमा रहेको तरलता समस्या अझै लामो समय रहने भएको छ । बैंकहरुले बजारमा अत्याधिक कर्जा माग भएपछि कर्जा–पूँजी–निक्षेप (सिसिडी) रेसियोभन्दा माथि नै लगानी गरेका छन् । केन्द्रिय बैंक स्रोतका अनुसार अहिले वित्तीय प्रणालीमा ३२ अर्ब माथि नै तरलता रहेको र केन्द्रिय बैंकले त्यसमा एक साताका लागि १० अर्ब रुपैयाँ थपिदिएको छ । यसले तत्काल लगानीयोग्य रकम अभावको सामना भएपनि तरलतामा कुनै असर नपर्ने स्रोतको दावी छ ।

सरकारी खर्चको पर्खाइमा बैंकहरु
सीसीडी रेसियोले सिमा नाघेपछी बैंकहरुलाई कर्जा लगानी गर्न असहज भएको छ । केहि बैंकहरुले कर्जा लगानी गर्न सक्ने अवस्थामा भएपनि अधिकांस बैंकहरु सिसिडी रेसियो कसिलो भएकोले सरकारी खर्चको पखाईमा रहेका छन् । आन्तरिक स्रोतबाट निक्षेप बढाउनको लागि स्रोतको अभाव रहेको अवस्थामा केही बैंकहरुले भने विदेशबाट ऋण ल्याउने प्रयास पनि गरिरेहका छन् । तर नेपालमा विदेशी विनिमयमा तिब्र रुपमा उतारचढाव भइरहने हुँदा विदेशबाट लगानी भित्राउनको लागि समस्या रहेको छ । केही समय अगाडी मात्र सकारले विदेशी लगानी भित्राउनको लागि हेजिङ नियमावली पनि बनाएको छ तर त्यसले बैंकहरुले भित्राउने लगानीलाई भने सहयोग गर्ने देखिदैन ।

सिसिडी रेसियो टाइट भएर कर्जा लगानी गर्न नसकेपछि बैंकबाट कर्जा लिएर केहि गर्छु भन्ने यूवाहरुमा पनि निराशा छाएको छ । बैंकिङ खबरसँग एक सेवाग्राहिले भने बैंकमा रहेको लगानियोग्य पूँजी अभावको कारणले स्विकृत भइसकेको ऋण पनि निकासा नहुँदा बैंकको ऋण आएपछि सुरु गर्छु भने ब्यवसाय अलपत्र परेको छ । जसले गर्दा गरेको लागानी पनि त्यतिकै फसेर बसेको छ त्यसबाट कुनै प्रतिफल लिन पाईएको छैन । त्यस्तै अर्का सेवाग्राही भन्छन् बैंकमा कर्जाको लागि धाउँदा धाउँदै हैरन भइयो ।

बैंकहरुमा पर्याप्त रुपमा तरलता रहेका तर सीसीडी रेसियोको कारण बैंकहरुले लगानी गर्न भने केहि असहज भएकोले बैंकहरु सरकारी खर्चको पर्खाइमा रहेको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत प्रशुराम कुँवर क्षेत्रीले बताए । केही दिन पहिला बैंकिङ खबरमा भएको कुराकानीमा कुवरले भने ‘अहिले लगानी गर्ने स्रोत छैन’, । यस्तो अबस्थामा बैंकहरुले ब्याज बढाए पनि निक्षेप बढ्दैन उनले भने । तर कर्जाको माग भने निरन्तर बढिरहेको छ । कर्जा मागको तुलनामा बैंकहरुमा निक्षेप अत्यन्तै न्यून मात्र बढीरहेको छ । त्यसैले अहिले बैंकहरु कर्जालाई नियन्त्रण गरेर सरकारी खर्चको पर्खाइमा बस्ने बाहेक अन्य विकल्प नरहेको उनले बताए । सरकारी खर्च भएमा पनि समस्या समाधान त हुँदैन तर केही हदसम्म सहज हुने उनको भनाई छ ।

Ad