बैंकिङ खबर । सीसीडी रेसियोले सिमा नाघेपछी बैंकहरुलाई कर्जा लगानी गर्न असहज भएको छ । केहि बैंकहरुले कर्जा लगानी गर्न सक्ने अवस्थामा भएपनि अधिकांस बैंकहरु सिसिडी रेसियो टाइट भएकोले सरकारी खर्चको पखाईमा रहेका छन् । आन्तरिक स्रोतबाट निक्षेप बढाउनको लागि स्रोतको अभाव रहेको अवस्थामा केहि बैंकहरुले भने विदेशबाट ऋण ल्याउने प्रयास पनि गरिरेहका छन् । तर नेपालमा विदेशी विनिमयमा तिब्र रुपमा उतारचढाव भइरहने हुँदा विदेशबाट लगानी भित्राउनको लागि समस्या रहेको छ । केहि समय अगाडी मात्र सकारले विदेशी लगानी भित्राउनको लागि हेजिङ नियमावली पनि बनाएको छ तर त्यसले बैंकहरुले भित्राउने लगानीलाई भने सहयोग गर्ने देखिदैन ।
सिसिडी रेसियो टाइट भएर कर्जा लगानी गर्न नसकेपछि बैंकबाट कर्जा लिएर केहि गर्छु भन्ने यूवाहरुमा पनि निराशा छाएको छ । बैंकिङ खबर सँग एक सेवाग्राहिले भने बैंकरुमा रहेको लगानियोग्य पूँजी अभावको कारणले स्विकृत भइसकेको ऋण पनि निकास नहुँदा बैंकको ऋण आएपछि सुरु गर्छु भने ब्यवसाय अलपत्र परेको छ । जसले गर्दा गरेको लागानी पनि त्यतिकै फसेर बसेको छ त्यसबाट कुनै प्रतिफल लिन पाईएको छैन । त्यस्तै अर्का सेवाग्राही भन्छन् बैंकमा कर्जाको लागि धाउँदा धाउँदै हैरन भइयो ।
बैंकहरुमा पर्याप्त रुपमा तरलता रहेका तर सीसीडी रेसियोको कारण बैंकहरुले लगानी गर्न भने केहि असहज भएकोले बैंकहरु सरकारी खर्चको पर्खाइमा रहेको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत प्रशुराम कुँवर क्षेत्रीले बताए । अहिले लगानी गर्ने स्रोत छैन, अब नयाँ लगानीको लागि स्रोत जुटाउन बैंकहरुले के गर्दै छने भन्ने प्रश्नमा सिईओ कुँवर भन्छन् सिस्टममा पैसा छैन । यस्तो अबस्थामा बैंकहरुले ब्याज बढाए पनि निक्षेप बढ्दैन उनले भने । तर कर्जाको माग भने निरन्तर बढिरहेको छ । कर्जा मागको तुलनामा बैंकहरुमा निक्षेप अत्यन्तै न्यून मात्र बढीरहेको छ । यस्तो अवस्थामा कर्जालाई नियन्त्रण गरेर सरकारी खर्चको पर्खाइमा बस्ने बाहेक अन्य विकल्प नरहेको उनले बताए । सरकारी खर्च भएमा पनि समस्या समाधान त हुँदैन तर केहि हदसम्म सहज हुने उनको भनाई छ ।
चालु आर्थिक बर्षको अर्धबार्षिक प्रगति समिक्षामा हेर्दा करिब ३० प्रतिशत मात्र विकास बजेट खर्च भएको देखिन्छ । बैंकहरुमा लगानीको लागी पर्ख र हेरको अवस्थमा रहेका बेला यता सरकार विकास बजेट खर्च गर्नबाट चुकिरहेको देखिन्छ । अबको केहि दिनपछी पुन करको रुपमा बैंकहरुमा रहेको निक्षेपको केहि अंश सरकारी ढुकुटीमा जाने क्रम सुरु हुन्छ । यस्तो अवस्थामा सरकारले विकास खर्च नबढाए बैंकहरु झर्ने असहज परिस्थीतिमा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत कुँवर क्षेत्रीले बताए ।