बैंकिङ खबर । सनराइज बैंकले नगद फिर्ता (क्यास ब्याक) योजना लागु गरेको छ । भिसासँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेविट तथा क्रेडिट कार्डको कारोबार मा ५ सय रुपैयादेखि १ हजार रुपैयासम्म क्यास ब्याक योजना लागु गरेको बैंकले जनाएको छ ।
बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि पीओएस वा अनलाइन मार्फत कारोबार गरेमा ५ सय रुपैयादेखि १ हजार रुपैयासम्म नगद महिनाको अन्त्यमा ग्राहकको खातामा जम्मा गरिदिने बैंकले जनाएको छ ।
मासिक ५ हजार रुपैयादेखि १० हजार रुपैयासम्मको कारोबारमा ५ सय रुपैया, मासिक १० हजार रुपैयादेखि १५ हजार रुपैयासम्मको कारोबारमा ७ सय ५० रुपैया र १५ हजार रुपैयाभन्दा माथिको कारोबारमा १ हजार रुपैया क्यास ब्याक दिइने बैंकले जनाएको छ ।
