Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग 

२०७५ फाल्गुन २१ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई एक लाखको आर्थिक सहयोग गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रम बिच उक्त सहयोग रकम प्रदान गरेकोे हो । 

बर्दिया जिल्लाको ज्येष्ठमा. वि. श्री देवकोटा माध्यमिक विद्यालयमा अध्यनरत अत्यन्तै गरिव तथा थारु, मुस्लिम, मधेसी, जनजाती, दलित जातिका करिव १ हजार ३ सय २५ बालबालिकाहरूको शिक्षाको गुणस्तर वृद्धिका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा विद्यालयले जानकारी दिएको छ ।

उक्त सहयोगले विद्यालयका महत्वपूर्ण शैक्षिक विकाशका कार्यहरु सम्पन्न गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । 

हालसम्म बैंकले ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाखग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । 

Ad