Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकले गर्यो विद्याथीलाई सहयोग

२०७५ फाल्गुन २१ गते

बैंकिङ खबर ।  महालक्ष्मी विकास बैंक बैलौरी शाखाले बेलौरी नगरपालिका वार्ड नं ५, रामनगर कञ्चनपुर स्थित श्री जन नमुना माध्यमिक विद्यालयका जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका १० जना विद्यार्थीहरु छनोट गरी पच्चिस हजार छात्रवृती स्वरुप प्रदान गरेको छ ।

 यसैगरी बैंकको धार्के शाखाले धादिङ्ग जिल्लाको तसर्पु गाउँमा बसोबास गर्ने विपन्न वर्गीय जेष्ठ नागरिकहरु तथा स्थानीय विद्यालयका विद्यार्थीहरुका लागि स्वस्थकर खाना खुवाउने उद्देश्यले प्रेम सागर फाउन्डेसनद्वारा सञ्चालन गरिएको ‘फुड फर पिपल’ अभियानका लागि पच्चिस हजार आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको उक्त सहयोगबाट करिब ४ सय ५० विद्यार्थी तथा जेष्ठ नागरिकहरु लाभान्वित भएका छन ।

Ad