Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शाखारहित बैंकिङ सेवा विस्तार गर्दै ग्लोबल आइएमई बैंक

२०७५ फाल्गुन १५ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका – १२, अमलाचौरमा १ सय १८औँ, डोटी जिल्लाकोके. आई. सिहंगाउँपालिका – २, तिखातरमा १ सय १९ औँ र रोल्पा जिल्लाकोलुंग्री गाउँपालिका – १२, सिर्पमा १ सय २०औँ शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको हो ।

यी तीनै शाखारहित बैंकिङ सेवाहरु स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा शुरुवात भएको हो । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,डीशहोम, सिडीएमए, यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

हालसम्म बैंकले १ सय ३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १ सय ४२ एटिएम, ८ वटा एक्सटेन्सन काउण्टर तथा १ सय २० शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 

Ad