Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर धनगढीको गेटा आँखा अस्पतालमा

२०७५ फाल्गुन १४ गते

बैंकिङ खबर । कृषि विकास बैंकले कैलाली जिल्लाको गेटा आँखा अस्पताल धनगढीमा एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । एक्सटेन्सन काउन्टरको उद्घाटन विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, अस्पतालका निर्देशक डा.सुरेश कुमार पन्त र नेपाल नेत्रज्योती संगका उपाध्यक्ष चक्र बहादुर सिंहले संयूक्त रुपमा गरे । 

कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंककोको बारेमा जानकारी गराउंदै यस अस्पतालमा आउने विरामी र आफन्तहरुका लागि एटिएम,एसएमएस,मोवाईल बैंकिङ्ग सुविधा लगायत स्मार्ट बैकिङ्ग सेवाहरु सहजरुपमा उपलव्ध हुने बताउँदै, ग्राहकको चाहना अनुसार बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयताका साथ अभिवृद्धि गर्दै लग्ने  विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिए । 

कृषि विकास बैंकका क्षेत्रिय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा अस्पतालमा आउने विरामी, आफन्त र कार्यरत कर्मचारीहरुलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे । 


 

Ad