बैंकिङ खबर । एनआईसी एशिया बैंकले निष्काशन गरेको ४ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । १० वर्ष अवधिको उक्त्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।
बैंकले गत माघ १३ गतेदेखि एक हजार रुपैयाँ अंकित दरमा कूल ४० लाख कित्ता ‘१०५ एनआइसी एशिया ऋणपत्र २०८५र८६’ नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक नियुक्त गरेर जारी गरेको हो। १० वर्ष अवधिको ऋणपत्र आर्थिक वर्ष २०८५र८६ मा परिपक्क हुनेछ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट सि आश्वा सदस्यताको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् । यसका अलावा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन गर्ने सुविधा छ ।
निष्काशित (४० लाख कित्ता) ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४० करोडको २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने बाँकी ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारणमा जारी गरिएको हो ।
ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम २० लाख कित्ता अर्थात दुई अर्ब रुपैयाँसम्मको आवेदन दिने व्यवस्था छ । सर्वसाधारणमा निष्काशन हुने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ ।
सर्वसाधारणतर्फ निष्काशित १६ लाख ऋणपत्रमा एक हजार बढी आवेदन मार्फत एक लाख १५ हजार कित्ताका लागि मात्र आवेदन परेको छ। बैंकले निष्काशन गरेको ऋणपत्रलाई केयर रेटिङ्गस् नेपालले पुस २० गते लो क्रेडिट रिक्स जनाउने ’केयर एनपि ए’ ग्रेडिङ्ग प्रदान गरेको छ। उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।
ऋणपत्र बिक्रीबाट उठेको रकममध्ये ३ अर्ब २० करोड रुपैयाँ कर्जा तथा सापट र ४० करोड लगानीमा तथा शाखा विस्तार तथा अन्य काममा २०–२० करोड गरी ४० करोड रुपैयाँ उपयोग गरिने उल्लेख छ ।