बैंकिङ खबर । नेपाल बंगलादेश बैंकले पोखराको लेकसाइडमा नयाँे एटीएम सेवा विस्तार गरेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलबाट एक कार्यक्रमबीच उक्त एटीएम सेवाको शुभारम्भ गरिएको हो । साथै सो एटीएम सेवाबाट त्यस क्षेत्रमा आउने पर्यटक, सोही क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने कुरामा बैंकले विश्वाश लिएको छ ।
उक्त समारोहमा बैंकका गण्डकी प्रदेश कार्यालयका प्रमुख देवेन्द्र अवस्थीले बैंकले पोखरामा २ वटा शाखा र ३ वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आएको र देश भरी बैंकले ८१ शाखा ७ एक्सटेन्सन काउन्टर, २ शाखा रहित घरदैलो बंैकिङ सेवा तथा ६५ वटा एटिएम बाट बैंकिङ सुविधा दिँदै आएको बैंकले जनाएको छ ।