Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना विकास बैँक र कास्की फाइनान्स गाभिए

admin २०७३ जेष्ठ २० गते
सेयर:

kaskiकामना विकास बैंक र कास्की फाइनान्सको मर्जर प्रक्रिया टुंगिएको छ । पोखरामा मूख्य कार्यालय रहेका यी दुबै संस्था अब एकीकृत कारोबारको तयारीमा जुटेका छन् । नेपाल राष्ट्र बैँकको बोर्ड बैठकले मर्जरको अन्तिम स्विकृति दिएपछि जेठ अन्तिमबाटै एकीकृत कारोबार थाल्ने गरी तयारी सुरु गरिएको बताइएको छ ।  
 
गत साउन १७ मा दुवै संस्थाले मर्जर सहमति गरेर १८ गते राष्ट्र बैंकमा स्वीकृतिको लागि निवेदन दिएका थिए । सहमति अनुसार मर्जपछि बैैंकको नाम कामना विकास नै रहनेछ । अध्यक्ष कामनाबाट राजेन्द्रनिधि कोइराला र सिइओ कास्कीका फाइनान्सबाट तोयाराज अधिकारी र लोगो भने कास्की फाइनान्सको प्रयोग गर्ने सहमति भएको छ । मर्जरपछि बन्ने नयाँ बैँकको मूख्य कार्यालय पोखरामै रहनेछ । यसैगरी सञ्चालक समितिमा दुवै संस्थाबाट चार÷चार र विशेषज्ञ एकजना रहनेछन् । 

अहिले कास्कीका ११ र कामनाका १० शाखा सञ्चालनमा छन् । अहिले कामना विकासको ३४ करोड ११ लाख र कास्की फाइनान्सको ३३ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी छ । मर्जरपछि चुक्ता पुँजी ६७ करोड रुपैयाँ पुग्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।