Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मैद्रिक नीति समिक्षा कार्यान्वयनमा आए बैंकिङ क्षेत्र संकटमा पर्छः  बैंकर्स संघ

२०७५ फाल्गुन ८ गते

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले ब्यवासयीहरुको तिव्र दवाब र अर्थ मन्त्रालयको हस्तक्षेकारी भुमिकाकाबीच सोमबार राति मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेपछि बैंकिङ क्षेत्रमा ब्यापक विरोध भएको छ ।

नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा व्यवस्था गरिएका विषयहरु कार्यान्वयनमा आए बैंकिङ क्षेत्र गम्भिर संकटमा पर्ने निष्कर्श निकालेको छ । बैंकरहरुले अहिलेको व्यवस्थाका विषयमा बैंकका सञ्चालक तथा अध्यक्ष रहेका व्यवसायीहरुसँग छलफल गरी अगाडी बढने समेत बताएका छन् । 

बैंकरहरुले उद्योगी व्यवसायीहरुको दबाबमा बैंकमाथि राष्ट्र बैंकले हस्तक्षेप गरेको भनेका छन् । बजारलाई छाडनुपर्ने ब्याजदरको विषय नियन्त्रण गरेको र स्प्रेडदर निर्धारणको हिसाब गलत तरिकाले गर्न लागिएको भन्दै बैंकरहरु आक्रोशित भएका हुन् । बैंकरहरुले समिक्षामा राखिएका व्यवस्था पूर्णरुपमा कार्यन्वयनमा आएमा बैंकिङ क्षेत्र संकटमा पर्छ भनेका छन् । 

उता व्यवसायीहरु भने १५ दिन भित्रमा कार्यान्वयनमा आए आफ्ना अधिकांश मागहरु पुराहुने बताएका छन् । उद्योग संघ मोरङका अध्यक्ष भिम घिमिरेले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा आएका विषयहरु १५ दिन भित्रमा कार्यान्वयनमा नआए नेपाल उद्योग वाणिज्य महासंघको नेत्रित्वलाई दबाब दिएर देशव्यापिरुपमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । 

Ad