Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वाणिज्य बैंकले लिने कल डिपोजिटमा पनि सिमा तोकियो  

२०७५ फाल्गुन ७ गते

बैंकिङ खबर। चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत नेपाल राष्ट्र बैंकले कल डिपोजिटमा कडाई गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुले आफ्नो कुल निक्षेपको १० प्रतिशत भन्दा बढी कल डिपोजिट लिन नपाउने व्यवस्था गरेको छ ।

मौद्रिक नीति समिक्षाको ७५ नम्बर बुँदामा कुल निक्षेपको १० प्रतिशत भन्दा बढी रकम लिन नपाउने व्यवस्था गरिने जनाएको हो ।  

यसले कम निक्षेप लिएर व्यवसाय गरिरहेका वाणिज्य बैंकहरुलाई समस्या पार्ने देखिएको छ । अहिले सानो आकारमा व्यवसाय गरिरहेका र व्यवसाय विस्तार गर्न नसकिरहेका बैंकहरुमा कल डिपोजिटको मात्रा अत्याधिक छ । यसले बैंकहरु थप समस्यामा पर्ने देखिएको छ । केही बैंकहरुमा २० प्रतिशत सम्म पनि कल डिपोजिट हुने गरेको छ । 

Ad