
बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा बैंकहरुले गर्ने लगानीमा ब्याजदर घटाउनुपर्ने व्यवस्था गरेको छ । सोमबार राति ९ बजे सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट उत्पादनशील उद्यम गर्ने व्यवसाहीहरुलाई दिने ऋणको ब्याजदर घटाएको हो ।
नयाँ व्यवस्था अनुसार उत्पादनशील क्षेत्रमा प्रदान गर्ने कर्जाको ब्याजदर १ प्रतिशतले घटाउनु पर्ने छ । यसअघि बैंकरुले ४ प्रतिशतमा पुर्नकर्जा लिएर ९ प्रतिशतमा ऋण दिन पाउने व्यवस्था थियो । अहिले बैंकहरुले ४ प्रतिशतमा पुर्नकर्जा लिएर ८ प्रतिशत ब्याजदरमा मात्र ऋण दिन पाउने व्यवस्था गरेको हो ।