Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मौद्रीक नीतिको अर्धवार्षिक समिक्षाले ब्याजदरको समस्या हल गर्ने 

२०७५ फाल्गुन ६ गते

बैंकिङ खबर। ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनरत ब्यवसायीसँग अर्थमन्त्रीको अगुवाईमा बैंकर्स, गर्भनर र ब्यवसायीबीच छलफल भएको छ । छलफलपछि ब्याजदर नियन्त्रण गर्ने जिम्मा नेपाल राष्ट्र बैंकले पाएको छ । शनिबार ब्यवसायीहरुले ब्याजदर घटाउनुपर्ने माग सहित प्रधान्मत्रीसँग छलफल गरेपछि तातेको नेपाली बैंकिङ क्षेत्र अर्थमन्त्रालयमा सोमबार भएको बैंठमा बैंकर्स र ब्यवसायीबीचच चर्काचर्कीको अवस्था सम्म पुगेको छ । बैठकमा चर्काचर्की भएपछि अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्रीपरिषदको बैंठक छाडेर मन्त्रालय आएका थिए । सुरुमा भने अर्थमन्त्रीको बैंठकमा सहभागीता भएका थिएन । 
 
शनिबार प्रधानमन्त्री निवासमा भएको बैंठकले ब्याजदरको समस्या समाधनको जिम्मा अर्थमन्त्रीलाई दिएसँगै अर्थमन्त्रीले सोमबार मन्त्रालयमा बैठक बोलाएका थिए । सोमाबारको बैंठकले ब्याजदर समस्या समाधानको जिम्मा फेरी नेपाल राष्ट्र बैंकलाई दिएको छ । 

अर्थमन्त्री सहितको संयुक्त बैंठकले ब्याजदरको समस्या समाधान गर्न निर्देशन दिएसँगै नेपाल राष्ट्र बैंकले बुधबार गर्ने तयारी गरीरहेको मौद्रीक नीतिको अर्धवार्षिक समिक्षामा ठुलै परिवर्त हुने बुझिएको छ । 

बैठकपछि नेपाल उद्योग वाणिज्य महासंघकी  अध्यक्ष भवानी राणाले राष्ट्र बैंकले तयारी गरीरहेको  मौद्रीक नीतिको अर्धवार्षिक समिक्षबाट ब्याजदरको समस्या समाधान गर्न अर्थमन्त्रीले निर्देशन दिएको बताईन् । उनले ब्यवसायीको मागको सुनुवाई कसरी हुन्छ भन्ने मौद्रीक नीतिको समिक्षा पछाडी नै थाहा हुने बताईन् । 

त्यस्तै अर्थमन्त्री खतिवडाले ब्यवसायी उल्टो बाटो हिडेको बताएका छन् । ब्यवसायीहरु राष्ट्र बैंकबाट समाधान गर्नुपर्ने समस्या लिएर प्रधानमन्त्री समक्ष पुगेको बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यलयमा भएको छलफललाई लक्षित गर्दै उनले पहिले राष्ट्र बैंकमा जाने त्यहाँ बाट नभए अर्थमन्त्रालयमा आउने अर्थ मन्त्रालयबाट पनि माग सम्बोधन नभए मात्र प्रधानमन्त्रीकोमा जानु पर्नेमा उहाँहरु सिधै प्रधानमन्त्रीकामा गएको प्रति असुन्तुष्टि प्रकट गरे । 


बैठकमा सहभागी भएका ब्यवसायीहरु आक्रमक बन्दै बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना माथि हावि भएका थिए । अध्यक्ष ढुङ्गानाले ब्यालेन्स सिट र वस्तविक बिजनेसमा किन फरक रहन्छ भन्ने कुरा उठाएसँगै ब्यवसायीले उनलाई घेरेको सहभागी भएका एक ब्यक्तिले बैंकिङ खबरलाई जानकारी दिए ।

गभर्नरले भने ब्याजदको समस्या मौद्रीक नीतिको अर्धवार्षिक समिक्षबाट समाधान गर्ने प्रयास गर्ने प्रतिक्रीया दिएका छन् ।

त्यस्तै ब्यावसायीहरुले बीमा क्षेत्रले बेच्ने पोलिसिहरु उद्योग क्षेत्रको लागी सुहाउँदो हुनुपर्ने माग समेत गरेका छन् । ब्यवसायीको मागलाई बीमा समितिले सम्बोधन गर्ने सहमति बैंठकले गरेको छ ।

बैंठकमा नेपाल उद्योग परिसंघबाट दुई तीन जना मात्र सहभागी रहेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघबाट दर्जन भन्दा बढीको सहभागीता रहेको थियो । अर्थमन्त्री डा. खतिवडाले गभर्नलाई निरन्तर ब्यवसायीसँग छलफल गरी समस्याको समाधान गर्न निर्देशन दिएका छन् । त्यस्तै उद्योगी र बैंकर्स दुबै निजी क्षेत्र भएकोले मिलेर अगाडी बढ्न सुझाव दिएको बैंठकमा सहभागी भएका एक ब्यवसायीले बताए ।

बैंठक सकिनासाथ मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको तयारीको लागि बसेको राष्ट्र बैंकको बोर्ड बैठकमा सहभागी हुन भन्दै गभर्नर अर्थसचिव र डेपुटी गभर्नर त्यता प्रस्थान गरे ।

Ad