Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शाखा विस्तारमा आक्रामक बन्दै गरिमा विकास बैंक, एकै दिन ६ नयाँ शाखाको उद्घाटन 

२०७५ फाल्गुन ५ गते

बैंकिङ खबर । गरिमा विकास बैंकले फाल्गुन ५ गते चितवनको टाँडी र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा कार्यालयका औपचारिक समुद्घाटन गरेको छ । टाँडी नयाँ शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख शुशिला चन्द सिंहले गरेका थिए ।

साथै, बैंकले फागुन ५ गते नै चितनवको टाँडी र कञ्चनपुरको महेन्द्रनगर संगसंगै नुवकोटको बट्टार, लमजुङको बेसीशहर, बाँकेको चप्परगढी, र सुर्खेतको बीरेन्द्रनगरमा समेत नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

हाल बैंकले देशभर ७२ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ भने निकट भविष्यमा चितवनको मिलनचोक, कास्कीको हेम्जापर्साको बीरगञ्ज र दाङ्गको तुल्सीपुरमा समेत नयाँ शाखा कार्यालय खोल्ने बैंकले जनाएको छ । 


 

Ad