बैंकिङ खबर। एनआईसी एशिया बैंकले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकलाई एउटा कारोबार गर्दा अर्को कारोबार निःशुल्क गरिदिने भएको छ । बैंकले फागुन र चैत गरी दुई महिनाका लागि यस्तो योजना सार्वजनिक गरेको हो ।
यो सुविधा अनुसार बैंकका ग्राहकले एनआईसी एशिया रेमिट मार्फत नेपालका कुनैपनि ठाउँमा एक पटक पैसा पठाउँदा अर्कोपटक निःशुल्क गर्ने छ । तर त्यसका लागि चैत मसान्त सम्म पैसा पठाइसक्नुपर्ने छ ।
एनआईसी एशिया रेमिट मार्फत पठाएको आन्तरिक विप्रेषण बैंकको देशभर रहेका कुनैपनि शाखाबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ । हाल बैंकको देशभर २ सय ७६ शाखा कार्यालयहरु र ३९ वटा एक्स्टेन्सन काउन्टर छन भने २३ वटा शाखा रहित बैंकिङ इकाईहरु रहेका छन् । तयस्तै मुलुकभर रहेका ६ हजार ७ सय सहायक प्रतिनिधिहरुमार्फत समेत सजिलै भुक्तानी पाउन सकिने व्यवस्था बैंकले गरेको छ ।