Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मौद्रिक नितिको अर्धवार्षिक समिक्षा, बैंकहरुको कर्जा २३.४ प्रतिशत र निक्षेप २०.२ प्रतिशतले बढ्यो

२०७५ फाल्गुन १ गते

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनीक गरेको छ । चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.७ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंक तथा वित्तिय संस्थाहरुको यस्तो निक्षेप ६.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २.२ प्रतिशतले बढेको छ । यस्तै पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती खाताको  को अंश ८.६ प्रतिशत बचत खाताको अंश ३३।३ प्रतिशत र मुद्दतीको अंश ४७.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा बैंकहरुको निक्षपमा चल्ती,बचत र  मुद्दतीको अंश क्रमशः ८.४ प्रतिशत, ३६.४ प्रतिशत र ४२.८ प्रतिशत रहेको थियो।

गत आर्थिक बर्षको पुस मसान्तमा बैक ताथ वित्तीय संस्थाहरुमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको चालु आर्तिका बर्षको पुष मसान्तमा बढेर अंश ४५.१ प्रतिशत पुगेको छ थियो।

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा  बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.७ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको सोही अवधिमा यस्तो कर्जा ११.९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रमा प्रवाह भएको कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा ११.९ प्रतिशतले, विकास बैंकहरुको १९.८ प्रतिशतले र वित्त कम्पनीहरुको १०.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा भने २३.४ प्रतिशतले बढेको छ ।

पुष मसान्त सम्ममा ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स मुलुकले  भित्राएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको भन्दा  ३०.२ प्रतिशतले बढेको हो।


 

Ad