बैंकिङ खबर। सानिमा बैंक लिमिटेड र दक्षिण कोरियाको भि.पि.आईएनसि बिच रेमिटयान्स सेवा सञ्चालन गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भि.पि.आईएनसि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुनकिमले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात् दक्षिण कोरियाको भि.पि. आईएनसि मार्फत पठाएको रेमिटयान्स सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसको नेपालभरि रहेका १०,००० भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ । दक्षिण कोरियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंक लगायत कुनै पनि बैंकको खातामा सिधै जम्मा गर्न पनि सकिने छ ।
सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत विश्वभरि बाट रेमिटयान्स सेवाका साथै आन्तरिक रेमिटयान्स सेवा पनि दिइरहेको छ ।
सानिमा बैंकले हाल देशभर रहेका ७६ शाखा, १ एक्टेन्सन काउन्टर र ७२ ए.टि.एम. मार्फत सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ ।