बैंकिङ खबर। ग्लोबल आइएमई बैंक पाँच नम्बर प्रदेशका सम्पूर्ण ग्राहकलाई भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालले विभिन्न रोगको उपचारमा छुट दिने भएको छ । बैंक र अस्पतालबीच सम्झौता भएपछि ग्राहकरुले विशेष छुट सुविधा पाउने भएका हुन् ।
सम्झौता अनुसार अस्पतालमा उपचार गराउँदा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड लगायतका कार्डबाट भुक्तानी गरेमा अस्पतालले २० प्रतिशत सम्म छुन दिने छ ।