Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा 

२०७५ माघ २४ गते

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले रुपन्देही जिल्लाको कोटिहवामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले भविष्यमा आवश्यकता र संभाब्यताका आधारमा थप शाखा कार्यालयहरु विस्तार गर्दै जाने लक्ष्य लिएको छ । 

बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माण गरिरहेको बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिङ्ग पहुंच पुरयाउने रणनीति अनुरुप कार्य गर्दे आइरहेको छ । 

चुक्ता पूँजी १ अर्व ६२ करोड रहेको यस बैंकले १६ अर्व १० करोड निक्षेप परिचालन गरी १४ अर्व  ५२ करोड कर्जा लगानी गरेको छ । बैंकले रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तु जिल्लाको चन्दौटा शाखा कार्यालयहरुवाट ३६५ दिन नै बैंकिङ सेवा प्रदान गरिरहेको छ । 

Ad