Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गण्डकी विकास बैंकको नाफा करीब ३० प्रतिशतले बढ्यो 

२०७५ माघ २२ गते

बैंकिङ खबर। २ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको गण्डकी विकास बैंकले  चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २६ कारोड ५१ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।  बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा २९ दशमलव ६८ प्रतिशतले नाफा बढाएको छ । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा २० करोड ४५ लाख ८ हजार रुपैयाँ रहेको थियोे ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी १ अर्ब ६० करोड २० लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी १ अर्ब ४ करोड ७७ लाख रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी ५५ करोड ४२ लाख रुपैयाँ हुन जान्छ । गत वर्ष खुद ब्याज आम्दानी ४५ करोड ३७ लाख रुपैयाँ गरेको थियो ।

निक्षेप तथा कर्जा 
बैंकले पुष मसान्त सम्ममा २६ अर्ब १९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी  २३ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप ३१ दशमलव ४६ प्रतिशतले बढाउँदा कर्जा ३३ दशमलव १६ प्रतिशतले बढाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १९ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५६ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात १७ दशमलव ५० प्रतिशत, खराव कर्जा शुन्य  दशमलव ४१ प्रतिशत, आधार ब्याजदर ११ दशमलव ७६ प्रतिशत, मूल्य आम्दानी अनुपात १० दशमलव ०१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ११ पैसा र प्रतिशेयर आम्दानी १९ रुपैयाँ २९ पैसा रहेको छ ।
 

Ad