बैंकिङ खबर । लक्ष्मी बैंकले काठमाडौंको हाँडिगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी नयाँ शाखाबाट बैंकका ग्राहाकहरुले बैंकिङ सेवा छिटो लिन सक्ने बैंकले जनाएको छ ।
हाल बैंकले मुलुकभर ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम मार्फत आफ्ना ग्राहाकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएकोृ छ । साथै, बैंकले २५ सयभन्दा बढि रेमिटेन्स् एजेन्टत था ५१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले विश्वास लिएको छ ।