Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रीन डेभलपमेण्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न  

२०७५ माघ १८ गते

बैंकिङ खबर । ग्रीन डेभलपमेण्ट वैंकको तालचोक शाखाले पोखरा महानगरपालिकामा रहेको त्रिवेणी इन्टरनेशनल कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई  वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । 

बैंक तालचोक शाखाका शाखा प्रवन्धक सुशिल पौडेलले बैंकवाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा, सम्पत्ती शुद्धीकरण, एटिएम कार्ड, बचत लगायतका विषयमा प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा त्रिवेणी इन्टरनेशनल कलेजका व्यवस्थापन समितिका अध्यक्ष वावुराम गिरिले यस्ता साक्षरता कार्यक्रमले व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी प्रत्यक्ष लाभान्वीत हुने अपेक्षा गरेको वताए ।

सोही कार्यक्रममा वोल्दै त्रिवेणी इन्टरनेशनल कलेज, विद्यार्थी कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतमले व्यवहारिक ज्ञान अभिवृद्धीको लागि यस साक्षरता कार्यक्रमले टेवा पु-याउने जानकारी व्यक्त गरे । 

आगामी दिनहरुमा पनि यस किसिमका वित्तीय साक्षरता कार्यक्रमका साथै विद्यार्थीहरुको ब्यवहारिक ज्ञान अभिवृद्धीका लागि इन्ट्रान्शीप, जेहेन्दार विद्यार्थीलाई रोजगारी लगायतका विषयमा समन्वय गर्न सकिने बैकका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्यले बताए ।  

Ad