Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुल्मीको मुसिकोटमा ग्लोबल आईएमईबाट कृषि कर्जा लिदा ५० प्रतिशत व्याज अनुदान पाइने

२०७५ माघ १८ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । स्थानीय कृषि व्यवसायको प्रर्वद्धनमा सहयोग पु-याउने तथा कृषकहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने उदेश्यले ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिकाबीच सम्झौता भएको हो

सम्झौता अनुसार स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंकले ऋण प्रवाह गर्ने  र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैंककलाई भुक्तानी गर्ने छ । 

उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरे पश्चात बैंकको नियमानुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण सुविधा उपयोग गर्न पाउने छन् ।  

हाल बैंकले मुलुकभर १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

Ad