Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

यस्तो छ २०७४/०७५ मा बैंकहरुले कृषिमा गरेको लगानीको स्थिति

२०७५ माघ १८ गते

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले कृषि उत्पादन बढी हुने ५७ जिल्लालाई समेटेर आर्थिक गतिविधि अध्ययन सार्वजनिक गरेको छ । जस अनुसार कृषि क्षेत्रमा बैंकहरुले आर्थिक वर्ष २०७३/०७४मा भन्दा आर्थिक वर्ष २०७४/०७५मा कृषि कर्जा बढाएका छन् ।

अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कृषि कर्जा २५ दशमलव ८ प्रतिशतले वृद्धि भई १ खर्ब १० अर्ब ६ करोड पुगेको छ । आर्थिक वर्ष २०७३/०७४मा यस्तो कर्जा ३४ दशमलव ४ प्रतिशतले बढेको थियो । 

२०७५ असार मसान्तको तथ्याङ्क अनुसार बैंकहरुले तरकारी बालीमा ६ अर्ब २२ करोड रुपैयाँ, अन्न बालीमा ५ अर्ब ५३ करोड रुपैयाँ, चिया तथा कफी खेतीमा २ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो वर्ष “क” “ख” तथा “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ४ दशमलव ६ प्रतिशत मात्र रहेको छ । 

कृषि क्षेत्रमा प्रवाहित कुल कर्जालाई क्षेत्रगत रुपमा तुलना गर्दा काठमाडौं क्षेत्रको अंश २२ दशमलव ६ प्रतिशत, वीरगञ्ज क्षेत्रको २० दशमलव ९ प्रतिशत, विराटनगर क्षेत्रको १६ दशमलव ८ प्रतिशत, सिद्धार्थनगर क्षेत्रको १२ दशमलव ५ प्रतिशत, पोखरा क्षेत्रको ८ दशमलव ६ प्रतिशत, जनकपुर क्षेत्रको ६ दशमलव ८ प्रतिशत, नेपालगञ्ज क्षेत्रको ६ दशमलव ७ प्रतिशत तथा धनगढी क्षेत्रको ५ प्रतिशत रहेको छ ।
 

Ad