Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकबाट विदेशी मुद्राको सटही गर्न सकिने

२०७५ माघ १७ गते

बैंकिङ खबर । गरिमा विकास बैंकले विदेशी मुद्राको कारोबार सुरु गरेको छ । बैंकका अध्यक्ष चन्द्रकान्त बरालले बैंकको शाखा कार्यालय लाजिम्पाटबाट उक्त सेवाको शुभारम्भ गरेका हुन् । 

यस सुविधा अन्र्तगत बैंकका ग्राहकहरुले परिवत्र्य विदेशी मुद्राहरु खरिद, बिक्री र पासपोर्ट बापतको सटही सुविधा प्राप्त गर्न सक्नेछन् । 

हाल बैंकले मुलुकभर ६६ शाखा कार्यलय र १५ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आर्थिक बर्ष २०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा २६ अर्ब ९८ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै बैंकले गतबर्षको तुलनामा नाफामा ५४.८१ प्रतिशतले बृद्धि गरी ४३ करोड ९३ लाख सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको छ ।                                                     
 

Ad