Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंकको एकैसाथ पाँच नयाँ शाखा विस्तार

२०७५ माघ १६ गते

बैंकिङ खबर । ज्योति विकास बैंकले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । हरिवन नयाँ शाखाको उद्घाटन हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे । 

त्यसैगरी रुपनी गाउँपालिका वडा नं १, रुपनीबजार नयाँ शाखाको उद्घाटन रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा रहेको नयाँ शाखाको  उद्घाटन नेपाल राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले संयुक्त रुपमा गरे । 

निजगढ नगरपालिका वडा नं ९, सहिदचोकमा रहेको नयाँ शाखाको उद्घाटन निजगढ नगरपालिकाका मेयरसुरेश कुमार खनाल तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालले गरे ।

त्रियुगा नगरपालिका वडा न ११, गाईघाट उदयपुर नयाँ शाखाको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैँकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ  ।  यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ । हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत . २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।  

बैंकको हालको चुक्तापूँजी  २ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ । तत्पश्चात बैंकको चुक्ता पूँजी  ३ अर्ब १० करोड पुग्नेछ ।  


    

  


 

Ad