बैंकिङ खबर। ८१ करोड १६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बेस्ट फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ६१ लाख २४ हजार रुपैयाँ मुनाफा कमाएको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा शुन्य दशमलव ५१ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा फाइनान्सकोे नाफा ३ करोड ५९ लाख ३८ हजार रुपैयाँ रहेको थियोे ।
आम्दानी तथा खर्च
फाइनान्सले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी १८ करोड ९२ लाख ३ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ११ करोड ९ लाख ७६ हजार रुपैयाँ गरेको छ । यस अनुसार फाइनान्सकोे खुद ब्याज आम्दानी ७ करोड ८२ लाख २७ हजार रुपैयाँ हुन जान्छ ।
निक्षेप तथा कर्जा
फाइनान्सले गत पुष मसान्त सम्ममा २ अर्ब ३३ करोड ४९ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १७ करोड ५३ लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप १२ सय ४४ दशमलव ३१ प्रतिशतले बढेको छ । तर यो अवधिमा फाइनान्सले कर्जा लगानी ९ सय ६१ दशमलव २३ प्रतिशतले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले १७ करोड ३६ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी २० करोड ४९ लाख ८१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
फाइनान्सको पूँजी कोष अनुपात १७ दशमलव ३६ प्रतिशत, खराव कर्जा २१ दशमलव ७० प्रतिशत र सीसीडी रेसियो ७६ दशमलव ९६ प्रतिशत, आधार ब्याजदर १४ दशमलव ३० प्रतिशत, प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ६५ पैसा र प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४६ पैसा रहेको छ ।