बैंकिङ खबर। ५७ करोड ६४ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी रहेको मिसन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ४ करोड ७ लाख २६ हजार रुपैयाँ मुनाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ८ दशमलव ६५ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ रहेको थियोे ।
आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी २९ करोड ८५ लाख ६५ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी १९ करोड ८६ लाख ४५ हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी ९ करोड ९९ लाख १९ हजार रुपैयाँ हुन जान्छ ।
निक्षेप तथा कर्जा
बैंकले गत पुष मसान्त सम्ममा ४ अर्ब ७९ करोड ८५ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १२ करोड ८८ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप ५२ दशमलव ०५ प्रतिशतले बढेको छ । तर यो अवधिमा बैंकले कर्जा लगानी ४२ दशमलव ४२ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्र्ब १५ करोड ५८ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८९ करोड ९० लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
बैंकको पूँजी कोष अनुपात १४ दशमलव ५० प्रतिशत, खराव कर्जा शुन्य दशमलव ३२ प्रतिशत र सीसीडी रेसियो ७५ दशमलव ४६ प्रतिशत, आधार ब्याजदर १३ दशमलव ८३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय २९ रुपैयाँ ६४ पैसा र प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८४ पैसा रहेको छ ।