Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

विकास बैंकमा राम्रो मानिएको मुक्तिनाथको नाफा कति ?

२०७५ माघ १६ गते

बैंकिङ खबर। ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्तापूँजी रहेको मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ४० करोड ४८ लाख ६२ हजार रुपैयाँ मुनाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ५३ दशमलव १२ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा २६ करोड ४३ लाख ८२ हजार रुपैयाँ रहेको थियोे ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी २ अर्ब २५ करोड ४ लाख ७३ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी १ अर्ब ३९ करोड १६ लाख ९५ हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी ८५ करोड ८७ लाख ७८ हजार रुपैयाँ हुन जान्छ । 

निक्षेप तथा कर्जा 
बैंकले गत पुष मसान्त सम्ममा ३८ अर्ब १३ करोड ८२ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी  ३२ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप ७५ दशमलव ४३ प्रतिशतले बढेको छ । तर यो अवधिमा बैंकले कर्जा लगानी ७० दशमलव ५६ प्रतिशतले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २१ अर्ब ७३ करोड ९३ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ३३ करोड ४९ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात १३ दशमलव ७८ प्रतिशत, खराव कर्जा शुन्य दशमलव ०५ प्रतिशत र सीसीडी रेसियो ७७ दशमलव ९९ प्रतिशत, आधार ब्याजदर ११ दशमलव २५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय २७ रुपैयाँ ८९ पैसा र प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४२ पैसा रहेको छ ।
 

Ad