बैंकिङ खबर । ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्तापूँजी रहेको सनराइज बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७९ करोड २७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ३४ दशमलव ९२ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा ५८ करोड ७५ लाख ५८ हजार रुपैयाँ रहेको थियोे ।
आम्दानी तथा खर्च
बैंकले दोस्रो त्रैमास सम्ममा ब्याजबापत ४ अर्ब ५९ करोड ५५ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै २ अर्ब ७७ करोड ४१ लाख ३७ हजार रुपैयाँ ब्याज भुक्तानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७२ करोड १४ लाख ९ हजार रुपैयाँ रहेको छ ।
निक्षेप तथा कर्जा
बैंकले दोस्रो त्रैमास सम्ममा ७६ अर्ब ६ करोड २६ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ७५ करोड ३७ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप गत वर्षको दोस्रो त्रैमासमा भन्दा २०.२२ प्रतिशतले बढी हो । त्यस्तै कर्जा लगानी २०.४६ प्रतिशतले बृद्धि गरेको छ । गत आथिक बर्षको सोही अवधिमा बैंकले ६३ अर्ब २६ करोड ९२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब २४ करोड १७ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
बैंकको पूँजी कोष अनुपात १३ दशमलव ०४ प्रतिशत, खराव कर्जा १ दशमलव २६ प्रतिशत आधार ब्याजदर १० दशमलव ६३ प्रतिशत कस्ट अफ फण्ड ७ दशमलव ५५ प्रतिशत, सीसीडी रेसियो ७६.०२ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ५० रुपैयाँ ३७ पैसा र प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा रहेको छ ।