Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१७ प्रतिशत बढीले नाफा बढाएको सानिमा बैंकको अन्य सूचक कस्तो

२०७५ माघ १६ गते

बैंकिङ खबर। आठ अर्ब १२ लाख ५५ हजार रुपैयाँ चुक्तापूँजी रहेको सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ९४ करोड ९९ लाख ८१ हजार रुपैयाँ मुनाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १७ दशमलव ५२ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा ८० करोड ८३ लाख १९ हजार रुपैयाँ  रहेको थियोे ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ५ अर्ब ६ करोड रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ३ अर्ब १६ करोड रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड रुपैयाँ हुन जान्छ । 

निक्षेप तथा कर्जा 
बैंकले गत पुष मसान्त सम्ममा ८५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी  ७७ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप २५ प्रतिशतले बढेको छ । तर यो अवधिमा बैंकले कर्जा लगानी २६ प्रतिशत भन्दा बढिले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६८ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात १३ दशमलव ०८ प्रतिशत, खराव कर्जा शुन्य दशमलव २४ प्रतिशत र सीसीडी रेसियो ७८ दशमलव २५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ४ पैसा र प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३९ पैसा रहेको छ ।

Ad