बैंकिङ खबर । गोर्खाज फाइनान्सले आर्थिक बर्ष २०७५ ७६को दोस्रो त्रैमासमा ६ करोड ९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले २ करोड २४ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले जगेडाकोषमा ३४ करोड ९४ लाख ३५ हजार रुपैयाँ जम्मा गरेको छ ।
निक्षेप तथा कर्जा
फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ५ अर्ब ९० करोड ३६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८१ करोड ५२ लाख ८१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सले गत आर्थिक बर्षको सोही अवधिमा ४ अर्ब ५२ करोड ९ लाख ४८ हजार निक्षेप संकलन गरी ४ अर्ब ८ करोड ४ लाख १४ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
आम्दानी
फाइनान्सको खुद व्याज आम्दानी ७ करोड ५४ लाख ७७ हजार रुपैयाँ रहेको छ भने संचालन मुनाफा ९ करोढ १० लाख ३४ हजार रुपैयाँ छ । खुद व्याज आम्दानी गत आर्थिक बर्षको तुलनमा २३ दशमलव ५२ प्रतिशतले कमी हो ।
सूचकहरु
खराब कर्जा ४ दशमलव ३२ प्रतिशत, आधार व्याजदर १२ दशमलव ९९ प्रतिशत, प्रतिसेयर आम्दानी १४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ४० रुपैयाँ रहेको छ ।