Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कैलाश विकास बैंकको नाफामा वृद्धि, सूचकहरु सकारात्मक

२०७५ माघ १५ गते

बैंकिङ खबर। कैलाश विकास बैकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा २७ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत वर्ष २६ करोड ६० लाख कमाएको थियो । २ अर्ब ५२ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ९३ करोड ६८ लाख रुपैयाँ राखेको छ ।

निक्षेप तथा कर्जा
बैंकले दोस्रो त्रैमास सम्ममा २६ अर्ब ७२ करोड ८० लाख निक्षेप संकलन गरेको छ । त्यस्तै कर्जा लगानी २३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ गरेको छ । बैंकले गत वर्ष भन्दा निक्षेप ३९ दशमलव ८४ प्रतिशतले बृद्धि गरेको छ । कर्जामा पनि ३४ दशमलव ४० प्रतिशतले बृद्धि गरेको छ । 

आम्दानी
बैंकको खुद व्याज आम्दानी ६१ करोड १३ लाख रुपैयाँ छ भने संचालन मुनाफा ४१ करोड ३१ लाख रुपैयाँ छ । खुद व्याज आम्दानी गत वर्षभन्दा ५४ दशमलव २९ प्रतिशत बढेको हो । 

यो अवधिमा बैंकले खराब कर्जा २५ लाख रुपैयाँ उठाउन सफल भएको छ । प्रोभिजनमा यस वर्ष बृद्धि गरि ५ करोड ४७ लाख रुपैयाँ पु¥याएको छ । गत वर्ष २ करोड ७२ लाख मात्र व्यवस्था गरिएको थियो । 

सूचकहरु
निष्कृय कर्जा शुन्य दशमलव ३३ प्रतिशत, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८५ पैसा, मुल्य आम्दानी अनुपात ९ दशमलव ७० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३७ रुपैयाँ १७ पैसा रहेको छ । 
 

Ad