Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा विस्तार

२०७५ माघ १४ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले माघ १३ गते दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकको नयाँ शाखा दमक नगरपालिका वडा नं. ५, क्याम्पस मोड झापा स्थित दमकचोक र पोखरा महानगर पालिका वडा नं १, बगरस्थित बगरमा नयाँ शाखा कार्यलय स्थापना गरेको छ । 

झापाको दमकचोक शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोम नाथ ओली र पोखराको बगर शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरे ।  

बैंकले मुलुकभर २७५ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

बैंकको वासलातको आकार २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब  १७५ अर्ब तथाकर्जा  १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५०हजार रहेको छ । स 


 

Ad