Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआइसी एशिया बैंकको ४ अर्ब ऋणपत्र निष्काशन

२०७५ माघ १३ गते

बैंकिङ खबर । एनआइसी एशिया बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । बैंकले १० वर्षका लागि १० प्रतिशत ब्याजदर दिनेगरी ऋणपत्र निष्काशन गरेको हो । 

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका कुल ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्र किन्न चाहनेले छिटोमा माघ १६ गतेसम्म र अर्को समय थपको लागि फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।

इच्छुक लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैकिङको मुख्य कार्यालय, एनआइसी एशिया बैंकका सबै शाखा कार्यालय तथा सीआस्वा सेवा संचालनको अनुमति पाएका जुनसुकै बित्तीय संस्थाका कार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

Ad