Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकले गर्यो प्रभातफेरि कार्यक्रम

२०७५ माघ १३ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंकको १२औँबर्ष पूरा गरि १३औँ बर्षमा प्रबेश गरेको अवसरमा माघ १२ गते राजधानीमा वित्तीय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।

“बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

उक्त कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीरहस्पिटल,जमल हँुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो । बैंकले काठमाण्डौँ उपत्यकामा मात्र नभएर काठमाण्डौ बाहिर बिभिन्न ठाउँहरु, बिराटनगर, लाहान, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्ज, लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । बैंकले यसअघि रक्तदान एवम् निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ । 

हाल बैंकले मुलुकभर  १३३ शाखा, १४२ एटिएम, ३ वटा देशमा सम्र्पक कार्यालय, ७ बटा एक्टेन्सन काउण्टर, ११७ शाखा रहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदा नगर्दे आएको छ ।  बैंकले  ९लाख ५० हजार भन्दा बढि ग्राहकलाई सेवा दिँदै आइरहेको छ । 
 

Ad