Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकको नाफामा बृद्धि

२०७५ माघ ११ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.५५ प्रतिशतले बढी हो । गतवर्षको पुस मसान्तसम्ममा बैंकले ६२ करोड ८६ लाख रुपयाँ रहेको खुद नाफा गरेको  थियो । 

बैंकको खुद व्याज आम्दानीमा ५३.३८ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा २४.११ प्रतिशतले बढेर १ अर्ब ८ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बैंकले खुद व्याज आम्दानी तथा संचालन मुनाफा बढाएको हुँदा नाफा पनि बढेको हो ।

बैंकले निक्षेपमा  ६५ अर्ब १२ करोड ४२ लाख रुपैयाँ संकलन गरी ६० अर्ब ४७ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरको छ । चुक्ता पुँजी ८ अर्ब ३७ करोड १० लाख रुपैयाँ पुर्याएको सिटिजन्सले  रिजर्भमा ३ अर्ब ३७ करोड २३ लाख रुपैयाँ कायम छ ।  
सुचकहरु
बैंकको निष्कृय कर्जा १.६२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३.५८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १८ रुपैंया ४२ पैसा, प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा, प्रति सेयर कुल सम्पत्ति मूल्य १००६ रुपैयाँ ८८ पैसा, मूल्य आम्दानी अनुपात ११.२० गुण र तरलता अनुपात २१.०४ प्रतिशत रहेको छ ।


 

Ad