बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले ललितपुरको कुपण्डोलमा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघु उद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने समेत बताए ।
शाखा कार्यालय समुद्घाटन गर्दै मेयर महर्जनले बैंकिङ कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिए । मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु-याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
बैंकको हालसम्म काठमाण्डौ उपत्यकाभित्र १४ शाखाहरु संचालनमा आई सकेका छन् भने,इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङगे अड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको बैंकले जनाएको छ ।