Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिनाउ विकास बैंकको नाफा ४ करोडमाथि

२०७५ माघ १० गते

बैंकिङ खबर । तिनाउ विकास बैंकले आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा १.९४ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा ३ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले ५ अर्ब १७ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ५० करोड ६९ लाख रुपैयाँ पुर्याएको छ भने जगेडाकोषमा १८ करोड ७६ लाख रुपैयाँ राखेको छ

सुचकहरु
निष्कृय कर्जा ०.४६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३.७६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १६.०८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९.५२ गुणा, प्रतिशेयर नेटवर्थ १३७.०२ रुपैयाँ र तरलता अनुपात २३.३२ प्रतिशत रहेको छ ।
 

Ad