Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकको सौराहा शाखाले चितवन राष्ट्रिय निकुञ्जको राजस्व संकलन गर्ने

२०७५ माघ १० गते

बैंकिङ खबर । कृषि विकास बैंकको सौराहा शाखाले चितवन राष्ट्रिय निकुञ्जबाट उठ्ने राजस्व संकलन गर्ने भएको छ । सो कार्यको उद्घाट चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रिय कार्यालय बीरगञ्जका निर्देशक बाबुकाजी थापाले 
संयुक्त रुपमा गरे । 

सो अवसरमा प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालले निकुञ्जबाट उठ्ने राजस्व रकम जम्मा गर्न भरतपुर जानुपर्ने झन्झटबाट मुक्त भई सहज भएको बिचार व्यक्त गर्नु भयो ।

माघ ९ गते उठेको राजस्व रकम १२ लाख १ हजार रुपैंया बैंकका प्रबन्धक पुस्तकराज तिवारीलाई हस्तान्तरण गरी राजस्व खातामा जम्मा गरिएको थियो । 

बैंकका निर्देशक बाबुकाजी थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्जका घुम्न आउने पर्यटकको प्रवेश शुल्क, जंगल सफारी शुल्क, ढुंगा÷गिट्टी÷बालुवा कर, दण्ड जरीवाना लगायत गरी दैनिक औसत  १० लाख राजस्व संकलन हुने गर्दछ ।  
 

Ad