Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको नाफा ६७ करोड रुपैयाँ

२०७५ माघ ८ गते

बैंकिङ खबर। कुमारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकले ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ नाफा गरेको छ । गत वर्षको छ महिनामा बैंकको नाफा ५२ करोड २० लाख ४२ हजार रुपैयाँ थियो ।

बैंकले ४ अर्ब ४२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस्तै ब्याज खर्च २ अर्ब ९१ करोड रुपैयाँ भएको विवरणमा उल्लेख छ । बैंकले संचालन मुनाफा ९६ करोड ६० लाख गरेको छ । 

निक्षेप तथा कर्जा
बैंकले यो अवधिमा ७५ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७० अर्ब कर्जा लगानी गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप ५७ अर्ब ८४ करोड रुपैयाँ थियो भने ५० अर्ब ७५ करोड कर्जा लगानी गरेको थियो । 

सूचकहरु
७ अर्ब १६ करोड रुपैयाँ चुक्त पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २९ करोड रुपैयाँ छ ।  कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७८.०७ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.२२ रहेको छ । बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ ८१ पैसा, खुद ब्याजदर ३.३८ प्रतिशत, पूँजीकोष ८.१२ प्रतिशत रहेको छ ।

Ad