Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

किन घट्यो विदेशी विनिमय सञ्चिति, यस्तो छ कारण

२०७५ माघ ७ गते

बैंकिङ खबर।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार असार मसान्त यता कुल विदेशी सञ्चितिमा करिब आधा खर्ब रुपैयाँले कमी आएको छ । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११ खर्ब २ अर्ब ५९ करोड थियो । चालु आर्थिक वर्षको पाँच महिनामा भने यस्तो सञ्चिति घटेर १० खर्ब ६५ अर्ब ८० करोड रुपैयाँमा सिमित भएको छ । 

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार रेमिट्यान्स आयमा बृद्धि भएपनि उच्च आयातका कारण ब्यापार घाटा बढन गई विदेशी मुद्रा सञ्चिति घटन गएको देखिन्छ । बैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेपनि नेपाली रुपैयाँको तुलनामा डलर बलियो भएका कारण रेमिट्यान्समा बृद्धि भएको छ । तर पेट्रोलियम पदार्थ, सवारी साधन, सुनचाँदी, फलाम तथा स्टिल लगायतका वस्तुको आयात अनिवार्य गर्नुपर्छ । यस्तो आयातमा विदेशी मुद्रा बाहिरिन्छ । त्यसैले डलरको मूल्य बृद्धि हुँदा तुलनात्मक रुपमा बढी विदेशीमुद्रा बाहिरिन्छ । जसले ब्यापार घाटा उच्च बनाउँछ र विदेशी मुद्रा सञ्चिति पनि घट्न जान्छ । 

Ad