Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानीमा समेत सुधार

२०७५ माघ ४ गते

बैंकिङ खबर। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंकले गत वर्षको सोही अवधिभन्दा १ सय १० प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले बैंकले खुद नाफा ७८ करोड १३ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यस्तो नाफा ३७ करोड १६ लाख रुपैयाँ थियो । रेगुलेटरी रिजर्भ पछिको नाफा भने ८० करोड ३६ लाख ६५ हजार रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो नाफा ४७ करोड १८ लाख ७६ हजार रुपैयाँ थियो । 
 

निक्षेप संकलन र कर्जा प्रवाह
बैंकले छ महिनामा ८५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले ६५ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
 

आम्दानी र खर्च
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६९ करोड भएको छ । संचालन आम्दानी ३४ करोड रहेको छ । कुल संचालन खर्च करिब ९६ करोड रुपैयाँ भएको वित्तीय विवरणमा उल्लेख छ । 
 

सूचकहरु
खराब कर्जा गत वर्षभन्दा ०.११ प्रतिशत ले बढेर०.४४ प्रतिशत पुगेको छ । बैंकको पूँजी कोष अनुपात १२.८३ प्रतिशत, आधार ब्याजदर १०.९९ प्रतिशत, र प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४० पैसा पुगेको छ । 

Ad