बैंकिङ खबर । नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेलाई नेपाल राष्ट्र बैंक, सिद्घार्थनगर शाखाका मुख्य व्यवस्थापक तथा निर्देशक अशोक कुमार पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनाल, कम्पनी सचिव भक्त बहादुर खड्का र सिद्घार्थनगर शाखाका सहायक निर्देशक रमेश कुमार न्यौपानेको उपस्थिती रहेको थियो ।