बैंकिङ खबर । सिर्जना फाइनान्स लिमिटेडको आयोजना तथा नोवेल मेडिकल कलेज विराटनगर एवम् स्थानीय नगरपालिकाको सहयोगमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलबारका सप्तरीको बोदेबर्साइन नगरपालिकामा सम्पन्न शिविरमा नोवेल मेडिकल कलेजका २५ जना बरिष्ठ डाक्टर एवम् नर्सबाट १८०० भन्दा बढिले सेवा पाएका छन् ।
लाभग्राहीहरुले बाल, प्रसुति, मुटु, छाला तथा यौन, मानसिक, हाडजोर्नी, नसा, आँखा, दन्त, नाक कान घाँटि सम्वन्धि रोग तथा इ.सि.जि. एवम् भिडियो एक्सरे आदिको निःशुल्क परीक्षण तथा परामर्श प्राप्त गरेको शाखा कार्यालय बोदेबर्साइनका शाखा प्रमुख मो. फिरोज आलमले बताए ।
आफ्नो कार्यक्षेत्रभित्र पर्ने शाखा कार्यालयहरु मध्ये सप्तरी जिल्लाभित्रको फत्तेपुर, कल्याणपुर, पातो लगायत ६ स्थानहरुमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य शिविर संचालन गर्ने संस्थाका प्रमुख कार्यककारी अधिकृत भवानी शंकर चापागाईँले बताए ।