Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंकद्धारा कालिकोेटमा राहत वितरण 

२०७५ पुष २३ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले कालिकोेट जिल्लाको पलाँता गाउँपालिका–१ खाँडाका अग्नि पीडितलाई राहत वितरण गरेको छ । बैंकले पुस ८ गते रातीे भएको आगलागीबाट पीडित ८७ घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्र्थीलाई १४० थान ज्याकेट, ट्रयाक–सुट, जुत्ता र मोजा वितरण गरेको हो ।

आगलागीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु वितरण गरेकोे हो । राहत सामाग्रीहरुको वितरण कालिकोटको गणेश आधारभुत विद्यालयको प्राङणमा गरिएको हो । 

ग्लोबल आइएमई बैंकले स्थापना कालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकल विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ । 

हाल बैंकले १३३ शाखा, १४१ एटिएम,७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११६ शाखा रहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहलाई बैंकिङ सेवा दिँदै आएको छ । 
 

Ad