Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंक र बि.बि होलिडेज ट्राभल एण्ड टुरबीच सम्झौता

२०७५ पुष २३ गते

बैंकिङ खबर।  मुक्तिनाथ विकास बैंक लिमिटेड र बि.बि होलिडेज ट्राभल एण्ड टुरबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई बि.बि होलिडेज ट्राभल एण्ड टुरको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो 

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र बि.बि होलिडेज ट्राभल एण्ड टुरको तर्फबाट प्रमुख के.एन लामिछानेले हस्ताक्षर गरे । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले बि.बि होलिडेज ट्राभल एण्ड टुर नक्सालवाट ट्राभल एण्ड टुर तथा ट्रेकिङ्ग प्याकेजको सेवा लिए वापत तोकिएको सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् । 

मुक्तिनाथविकास बैंक लिमिटेडले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ तथा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 

Ad