Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैैंकको नयाँ शाखा दैलेखको राकममा 

२०७५ पुष २२ गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंकले दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ स्थित राकम शाखाको विधीवत उद्घाटन गरि कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार बैंकका संचालक अच्युुत प्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले संयुुक्त रुपमा गरेका हुन् । 

हालसम्म उक्त स्थानमा बैंक तथा वित्तीय संस्थाको उपस्थिती नरहेकोले मेयर  खड्ग राज उपाध्यायले बैंकसंग सहकार्य गर्दै स्थानीय स्तरमा बैंकिङ्ग सेवा पुर्याउन बैंकलाई सक्दो सहयोग गर्ने बताए । सोही अवसरमा उपमेयर  दीपा बोहरा तथा वडा नं. ४ र १२ का अध्यक्षहरु तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी राम बहादुर कठायतले  बोलेका थिए । 

हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३  वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको  बैकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

     
 

Ad