Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७५ पुष २२ गते

बैंकिङ खबर । नेपाल बैक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले प्रदेश ५ नवलपरासी जिल्ला (पश्चिम) को पाल्हीनन्दन स्थित सिद्धार्थ उच्च माध्यमिक विद्यालयको प्राङगणमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । वचत ,कर्जा ,बैकिङ व्यवहार , आर्थिक उन्नतिको आधार , सृजनशीलता र उद्यमशीलता आजको आवश्यकता नाराका साथ कार्यक्रम गरेको हो । 

उक्त कार्यक्रममा बैकको प्रधान कार्यालयका संस्थागत योजना तथा अनुसन्धान विभागका प्रमुख लेखनाथ भुसालले बंैकिङ आदत एव्ां वचतको महत्वबारे चर्चा गर्दै नेपालको बंैकिङ बजारमा नेपाल बैक लिमिटेडले पु¥याउंदै आएको योगदानबारे जानकारी दिएका थिए । कार्यक्रममा २५० भन्दबढी स्थानीय विद्यार्थी, कृषक, उद्यमी, व्यवसायीको सहभागिता रहेको थियो । 

आयोजित कार्यक्रममा बोल्दै, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले बैंकले वित्तीय साक्षरता कार्यक्रम पाल्हीनन्दनमा गरेकाले खुशी प्रकट गर्दै स्थानीय जनताको तर्फबाट आभार प्रकट गरे । 

नेपाल बैक लिमिटेड प्रदेश ५ का प्रमुख पासांग दोर्जी शेर्पाले यस प्रदेशमा उद्यमशीलता बढाई रोजगारी तथा आय अभिवृद्धि गर्ने उद्यमी व्यवसायीको प्रयासमा नेपाल बैक लिमिटेडले हरसंभव सहयोग गर्ने कुरा प्रकट गरे । 

सिद्धार्थ उच्च माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष केदार गिरीले यस कार्यक्रमबाट विद्यालयका विद्यार्थीहरु तथा यस क्षेत्रका बासिन्दाको बंैकिङ आदत विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।   

हाल बैंकको देशका ५९ जिल्लामा १५४ शाखा कार्यलय, ८१ वटा एटिएम सेवा  मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बंैकिङ सेवा दिँदै आएको छ । 

Ad